logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित

    • heralokhabar heralokhabar
    • २१ कार्तिक २०८२ बिहीबार
    श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित

    हेरालाे खबर

    श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

    कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५-७, २५-१०, २५-११ ले हरायो ।
    दोस्रो जितपछि नेपालले तीन खेलबाट ७ अंक जोडेको छ ।
    चार टिम सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंकतालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।

    लिग चरणपछि शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।



    heralokhabar heralokhabar    
  • २१ कार्तिक २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP