हेरालाे खबर
सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ ।
सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् ।
चितवनको मस्कटमा एक सिङ्गे गैडा रहेको छ । चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । लिगको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म रहेको छ । सोमवार जारी लिगको खेलतालिका अनुसार चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा
प्रतिक्रिया