पोखरा , हेरालाे खबर
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटानको थिम्पु पुगेका छन् ।
उनी भुटान एयरलाइन्सको जहाजमार्फत बिहीबार भुटानतर्फ लागेका थिए ।
शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्य शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमिल्सिना पनि भुटान गएका हुन् ।
शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् ।
शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।
भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ ।
उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।
प्रतिक्रिया