logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

    सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

    पोखरा , हेरालाे खबर

    धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ।

    फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिको अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

    सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन को कार्य सम्पन्न गरीएको र सोही दिन उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष जिसिले बताए। यो महायज्ञ केवल धार्मिक विधिहरूसम्म सीमित नरहने, बरु पोखराको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्वलाई उजागर गर्दै, सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको छ।



    Heralo Reporter Heralo Reporter    
  • ९ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP