पोखरा , हेरालाे खबर
नेपाल रेडक्रस सोसाइटी पोखरा-२३ उपशाखाको १९ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम आईतबार पोखरा २३ को ठुलाखेतमा सम्पन्न भएको हो ।
अधिवेशनले कृष्ण प्रसाद दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको सभापतिमा दाहाल, उपसभापतिमा शान्ती शर्मा, सचिवमा सुर्य प्रसाद भण्डारी, उपसचिवमा दामोदर पराजुली, कोशा कोषाध्यक्षमा सितु शर्मा, उपकोषाध्यक्ष ऋषिराम गौतम, सदस्यहरुमा क्रमश पार्वती अधिकारी, हरिकृष्ण पराजुली, श्रीराम भण्डारी, इन्दिरा पराजुली र विष्णु प्रसाद पौडेल सर्वसम्मत चयन भएका हुन ।
उपशाखा २३ को आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्ड राज शर्माले हालै सम्पन्न भवनको उद्घाटन गर्नु भयो । यस्तै जग्गादाता कलाधर भान्डारीलाई उक्त कार्यक्रमा माला, दोसल्ला र सम्मान पत्रसहित सम्मन गरियो ।
कार्यक्रममा समाज सेवी भूमि पराजुली, भेषराज पराजुली, जनप्रतिनिधिहरु चेत बहादुर क्षेत्री र रिता सुनार, एस्कार प्रेम राज भण्डारी लगायतकाले उपशाखाले गर्दै आएका कामका बारेमा प्रशंसा गरेका थिए ।
जिल्ला सहपाठी डण्डा राज शर्माको प्रमुख आतिथयतामा भएको कार्यक्रमा जिल्ला शाखाबाट निर्वाचन अधिकृत रमेश भण्डारी , कार्यालय प्रमुख मोहनसिंह खड्का र संजय पौडेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव हरि पौडेलले गर्नु भएको थियो।
प्रतिक्रिया