logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • भूमिथुम्कामा ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

    भूमिथुम्कामा ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

    ललितपुर , हेरालाे खबर

    कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु,भूमिथुम्कास्थित श्री भूमिथुम्का आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व,नयाँ वर्ष,मञ्जुश्री सम्वत २८६१ डुल ल्हो(सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा हङकङ तामाङ घेदुङका सल्लाहकार एवं पूर्व अध्यक्ष प्रेम लामा तामाङको आर्थिक सहयोगमा सोमबार शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।

    विद्यालयका शिक्षक बलमान तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अभिमन्यु घिमिरेको सभाध्यक्षतामा वडा अध्यक्ष रोहन लामाको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई कपि,पेन्सिल,इरेजर,कटर,स्केल वितरण गर्नु भएको समारोहमा वडा सदस्यहरु रामप्रसाद घिमिरे,सानुमैंया तामाङ, प्र.अ.दीपक थापामगर,शिक्षक,कर्मचारी,अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको बताएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • ८ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP