हेरालाे खबर
मोरङको बेलबारी नगरपालिकाले झापाको कनकाईस्थित सुरुङ्गामा भएको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा भारतको टिभिए सिक्किमलाई हराउँदै बेलबारीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
सिक्किमले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो २-२ सेट दुवै टिमले जितेपछि खेल बेस्ट अफ ५ मा धकेलिएको थियो ।
सिक्किमले पहिलो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जितेको थियो । दोस्रो र चौथो सेट बेलबारीले २५–२० र २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम सेट बेलबारीले १५–१३ ले जितेको हो ।
प्रतियोगितामा बेस्ट डिफेन्डर टिभिएका अनुप राई, बेस्ट स्पाइकर बेलबारीका दिपेश क्षेत्री, बेस्ट ब्लकर बेलबारीका ऋषि घिमिरे, बेस्ट सर्भर टिभिएका पर्शुराम शर्मा र बेस्ट सेटर बेलबारीका रिदेन विष्ट भए । उनीहरुले ५ हजार १ सय रुपैयाँ र ट्रफी पाए । सर्वोकृष्ट खेलाडी बनेका बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको टिभी प्रदान गरियो ।
कार्यक्रमका बीच झापाका पाँचजना पूर्वराष्ट्रिय भलिबल खेलाडीहरु दिपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र सञ्जय अधिकारीलाई सम्मान गरिएको थियो ।
कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बु, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले पुरस्कृत गरे ।
प्रतियोगितामा ताप्लेजुङ र भारत सिक्किमको एकएक, मोरङका दुई तथा झापाका १० पालिकासहित १४ वटा टोलीको सहभागिता थियो ।
प्रतिक्रिया