logo
  • २८ मंसिर २०८२, आईतवार | Sun, 14 Dec 2025
  • पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

    • heralokhabar heralokhabar
    • २१ मंसिर २०८२ आईतवार
    पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

    हेरालाे खबर

    पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड

    काठमाडौँ, २१ मङ्सिरः नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरेको छ ।

    सन् २०१८ मा स्थापना भएको उक्त एशोसियसनले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्ने काम गर्दै आइरहेको छ । एशोसियसनको सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसियसनकी अध्यक्ष जुनु मलेखुले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन एशोसियसनले स्थापनाकालदेखि नै काम गर्दै आइरहेको बताउनुभयो ।

    “पर्यटन क्षेत्रमा लागेका महिलालाई जिम्मेवार बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गरी दिगो र जिम्मेवार पर्यटन निर्माणका क्षेत्रमा एशोसियसन लागेको छ”, उहाँले भन्नुभयो । पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको उहाँको भनाइ छ ।

    एशोसियसनकी निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउनका लागि एशोसियसनले महिलालाई निःशुल्क विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । एशोसियसनले पर्यटन क्षेत्रमा अध्ययन गर्दै गरेका गरिब तथा विपन्न विद्यार्थीलाई पढाइमा सहयोगसमेत गर्दै आएको छ ।

    यसबाहेक एशोसियसनले नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा महिला कसरी सुरक्षित रुपमा जान सक्छन् भन्नेबारे विभिन्न समयमा गन्तव्य यात्रासमेत गराउँदै आएको छ । एशोसियसनले गत वर्ष रारामा उक्त भ्रमण गराएको थियो । उक्त भ्रमणको वृत्तचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसारको कामसमेत अगाडि बढाइएको छ ।

    एशोसियसनले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा ‘वेलनेश टुरिज्म’को विकासका लागि निमी वेलनेश सेन्टरको सहकार्यमा एक घण्टाको ‘साउण्ड हेलिङ’ सेसन सञ्चालन गरेको थियो । सात वर्ष पहिले स्थापना भएको उक्त एशोसियशनमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आबद्ध हुनुहुन्छ ।



    heralokhabar heralokhabar    
  • २१ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP