शुक्रबार आयोजित एक कार्यक्रममा लघुवित्तको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धनगढी प्रादेशिक कार्यालय मार्फत ९ थान डस्टबिन हस्तान्तरण गरिएको हाे। धनगढी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख विवेक भट्टले समुदायमा स्वच्छता अभिवृद्धि गर्न तथा फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन उपलब्ध गराइएको बताए । कार्यक्रममा धनगढी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख विवेक भट्ट, क्षेत्रीय प्रबन्धक राजेश ठकुल्ला, गोदावरी शाखा प्रमुख मनिषा कुमारी चन्द, कर्मचारी उमेश राज उपाध्याय र भुपेन्द्र सिंह ऐरीको उपस्थिति रहेको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अगुवा व्यक्तिहरु, बजार व्यवस्थापन समितिका सदस्य उत्तम अधिकारी, समाजसेवी लक्ष्मण बोगटीको उपस्थीतीमा संस्थाले प्रदान गरेको सहयोग सामग्री स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवालाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया