logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • एनभीएल अक्सन सम्पन्न, ६ फ्रेन्चाइजले प्रारम्भिक टोली घोषणा गरे

    • heralokhabar heralokhabar
    • ११ श्रावण २०८३ सोमबार
    एनभीएल अक्सन सम्पन्न, ६ फ्रेन्चाइजले प्रारम्भिक टोली घोषणा गरे

    हेरालाे खबर

    काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को अक्सनमार्फत सहभागी ६ फ्रेन्चाइजले आफ्ना प्रारम्भिक खेलाडी छनोट गरेका छन्। अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि प्रतिस्पर्धा हुँदा ‘ए’ श्रेणीका १४ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भएका छन्।

    खप्तड फाल्कन्स
    प्रशिक्षक रुपेशकुमार बिष्ट, मार्की खेलाडी धिरोज काजी बस्नेत रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीबाट सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा इन्द्र बीके र बिपश थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट नवराज थापा मगर ५० हजार, पारस बोहरा ७० हजार र नवराज धामी ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन्।


    कर्णाली शिवराज
    प्रशिक्षक चन्द्रबहादुर कुँवर, मार्की खेलाडी पहल गहतराज रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीका निर्पध्वज बस्नेत, विनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई जनही ५० हजार रुपैयाँमा भित्र्याएको छ।

    काठमाडौं रेड्स
    मुख्य प्रशिक्षक निपाबहादुर बिके, मार्की खेलाडी सुनिल बोहरा रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीबाट सन्तोष बीके, सन्तोष राई र चिरञ्जीवी खड्कालाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गर्दा बलदेव सिंह धामीलाई १ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ। ‘बी’ श्रेणीबाट दीपेश कुँवर ५० हजार, पुष्कर सिंह धामी ७० हजार र जितबहादुर धुंगाल ७० हजार रुपैयाँमा अनुबन्धित भएका छन्।

    अन्नपूर्ण स्पाइकर्स किङ्स
    मुख्य प्रशिक्षक रमेश केसी, टोलीका मार्की खेलाडी हिमाल सुनारी रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीका राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रवी केसी र बिवस अधिकारीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट बिभाष आले, जितबहादुर सार्की र देव राना मगरलाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ।

    सगरमाथा स्म्यासर्स
    मुख्य प्रशिक्षक उत्सव खड्का, टोलीका मार्की खेलाडी हरिहजुर थापा रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीका सुभाष कुँवरलाई १ लाख २० हजार रुपैयाँ, रुपेन्द्र नेपालीलाई १ लाख ५ हजार रुपैयाँ तथा भीमबहादुर गाहा र दीपकराज जोशीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट रमेश बम, सञ्जोग परियार र रेशम छन्त्याललाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ।

    मधेश वारियर्स
    मुख्य प्रशिक्षक भारत यादव रहेका छन् भने टोलीका मार्की खेलाडी रबिन नगरकोटी रहेका छन्। यस्तै अक्सनमार्फत ‘ए’ श्रेणीबाट सन्तोष महता र धनबहादुर भट्ट क्षेत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रामबिनय यादव र राजन थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट बिप्सन शाही ठकुरी ७० हजार, सञ्जु विक्रम शाह ५० हजार र रबिन रसाइली ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन्। टोलीका मार्की खेलाडी रबिन नगरकोटी रहेका छन्।

    अक्सन सम्पन्न भएसँगै प्रत्येक फ्रेन्चाइजले अब एक ‘ट्यालेन्ट हन्ट’ खेलाडी र तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।



    heralokhabar heralokhabar    
  • ११ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP