हेरालो खबर
काठमाडौं । नेपाली भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानको इस्लामावादमा जारी प्रतियोगितामा आज नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १.४५ मा सुरु हुनेछ। नेपाली टोलीले यसअघिका सबै ३ खेलमा हार बेहोरेको थियो।
पाकिस्तानसँग ३-० तथा श्रीलंका र काजकस्तानसँग ३-२ सेटमा पराजित नेपाली टोलीले सेमिफाइनलको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ।

नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।
झन्डै एकदशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।
नेपाल भलिबल टोली ( हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोद बहादुर चन्द रहेको छ ।
जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), रुपेश कुमार विष्ट, (सहायक प्रशिक्षक), सोम बहादुर श्रेष्ठ (व्यवस्थापकं) ।
प्रतिक्रिया