logo
  • १९ कार्तिक २०८१, सोमबार | Mon, 04 Nov 2024
  • साताैं अन्तर राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

    • Heralo Reporter Heralo Reporter
    • ३० आश्विन २०८१ बुधबार
    साताैं अन्तर राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

    कावासोती, हेरालाे खबर

    मेफसलकै सर्वाधिक चर्चामा रहेकोे र पृथक पहिचान बोकेको नवलपुर जिल्लाको मध्यविन्दुमा राईनाे क्लवद्वारा संचालीत सातौ अन्तर राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगीताकाे तयारि अन्तिम चरणमा पुगेकाे क्लवका अध्यक्ष दाेमन बहादुर भण्डारीले जानकारी दिनुभयाे ।

    सातौं संस्करणमा भारतिय क्लवको समेत सहभागीता रहने भएकाे छ । सातौ अन्तर राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताकाे समुद्धाटन कार्तिक ३ गते राईनाे रङ्गशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्नुहुने क्लवका अध्यक्ष भण्डारीले जानकारी दिनुभयाे ।
    प्रतियोगिताकाे मिति नजिकिय सगै राईनाे रङ्गशालालाई एक सिङ्गै गैडा संरक्षण सम्वन्धि सचेतना तुल , व्यानरहरुले सजिसजाउ गरिएकाेछ ।

    आगामी कार्तिक ३ गते देखी १४ गते सम्म संचालन हुने सातौ अन्तर राष्ट्रिय आमन्त्रीत राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हनामी र देशभक्त फुटबल क्लब भिड्ने भएका छन् ।
    एक सिगें गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यका साथ भारतिय एक क्लव, नेपालका ‘ए’ डिभिजनका तीन, सहित १२ टोली सहभागी हुनेछन् ।



    Heralo Reporter Heralo Reporter    
  • ३० आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP