logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • सहकारी ठगी प्रकरण: काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी

    सहकारी ठगी प्रकरण: काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी

    हेरालाे खबर

    काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    अदालतका सूचना अधिकरी मेलिश बाँस्कोटाले यसको पुष्टि गरेका छन्।

    यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए।

    हाल लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीहरूमाथि सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको छ।

    यसअघि बुटवलको सुप्रिम सहकारीको पनि अनुसन्धानका लागि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। बुटवल पुर्‍याएर उनीहरूको बयान समेत लिइसकेको छ।

    अब उनीहरूलाई बयानका लागि काठमाडौं ल्याइने तयारी छ।



    Heralo Reporter Heralo Reporter    
  • २ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP