logo
  • १८ श्रावण २०८३, सोमबार | Mon, 03 Aug 2026
  • सरन र झमनको जोडी काभा बीच भलिबलका लागि छनोट

    • heralokhabar heralokhabar
    • १८ श्रावण २०८३ सोमबार
    सरन र झमनको जोडी काभा बीच भलिबलका लागि छनोट

    हेरालाे खबर
    काठमाडौं। भुटानमा आयोजना हुने काभा महिला तथा पुरुष बीच भलिबल प्रतियोगिताका लागि पुरुषतर्फ नेपाल पुलिस क्लबका चन्द्र कुँवर र पहल गहतराजको जोडी च्याम्पियन बन्दै छनोट भएको छ। चन्द्र पुलिस टिमका प्रशिक्षक समेत हुन्। पहल र चन्द्रकाे जाेडिफले जितेपनि NVL मार्की र प्रशिक्षक भएकाे कारणले गर्दा दोश्रो हुने टाेलीले माैका पएकाे हाे ।

    घरेलु छनोट प्रतियोगिताको फाइनलमा चन्द्र र पहलको जोडीले नेपाल पुलिस क्लबकै सरन कार्की र झमनसिंह दर्जीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

    उपविजेतामा सीमित भए पनि सरन र झमनको जोडीले दोस्रो स्थान हासिल गर्दै काभा बीच भलिबल प्रतियोगितामा सहभागिता सुनिश्चित गरेको छ।

    यो सँगै भुटानमा हुने उक्त प्रतियोगितामा नेपालबाट पुरुषतर्फ चन्द्र कुँवर र पहल गहतराज तथा सरन कार्की र झमनसिंह दर्जीको जोडीले प्रतिस्पर्धा गर्नेछन्।



    heralokhabar heralokhabar    
  • १८ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP