पाेखरा , हेरालाे खबर
टी-२० क्रिकेट प्रतियोगितामा नेपालले इतिहास रचेको छ । नेपालले पहिलो पटक अमेरिकामाथि उसकै भूमिमा तीन खेलको टी-२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गर्दै इतिहास रचेको हो । नेपालको यो विदेशी भूमिमा टी-२० मा अहिलेसम्मकै ठूलो श्रृंखला जित उपलब्धि हो ।
तेस्रो तथा अन्तिम खेलमा सोमबार ८ विकेटको जित हासिल गर्दै नेपालले अमेरिकालाई तीन खेलको श्रृंखलामा ३-० ले हराएको हो ।
नेपालले पहिलो पटक अमेरिकासँग टी-२० श्रृंखला खेलेको हो । यसअघि एउटा मात्र खेल भएको थियो । उक्त खेल पनि नेपालले नै जितेको थियो ।
डालासमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अमेरिकाले ५ विकेटको क्षतिमा एक सय ५६ रन बनायो ।
अमेरिकाका लागि साइतेजा मुखमल्लले सर्वाधिक ६८ रन जोडे । मिलिन्द कुमारले ३५ बलमा अविजित रहँदै ४३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।
जवाफमा नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि आसिफ शेखले ३९ बलमा ५०, कुशल मल्लले ३० बलमा अविजित रहँदै ४४ तथा कुशल भुर्तेलले ३२ बलमा अविजित रहँदै ४० रन बनाए । आसिफ शेख ११ बलमा १३ रन बनाएर आउट भए ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो भने आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टी-२० क्रिकेट श्रृंखला कब्जामा लिएको छ ।
प्रतिक्रिया