logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला

    पोखरा , हेरालाे खवर   
    पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भाेलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदैछ ।
    पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।
    उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ ।

    संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ९ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP