logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

    देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

    हेरालाे खबर

    राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ ।

    वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

    जसमा देव खनालले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, सन्देश थापाले ३६, अभय ढकालले १७ तथा रन्जित खड्का र दीपेश रोकाले समान १० रन जोडे ।

    बलिङमा एमसीसीका विपिन आचार्यले ४, रमेश कुर्मीले ३ र विजय प्रजापतीले २ विकेट लिए ।

    प्रतिउत्तरमा एमसीसीले ३४.२ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन मात्रै बनायो । उसका लागि विजय प्रजापतीले ३४, सन्दीप रजालीले २६ र इकलाख अहम्मद वारिसले २१ रन बनाए ।

    वेष्टर्नका देव खनाल, सन्देश थापा र इशान पाण्डेले समान २, अभिषेश गौतम, सुझाव थापा र सागर गैह्रेले समान १ विकेट लिए । खेलमा देव खनाल प्लेयर अफ द म्याच भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगद प्राप्त गर्नेछ ।



    Heralo Reporter Heralo Reporter    
  • १० माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP