logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    म्याग्दी , हेरालाे खबर

    म्याग्दीको बेनी नगरपालिका ६, चुत्रेनीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा मङ्गला गाउँपालिका ३ का ४६ वर्षीय थम बहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    शनिबार साँझ बेनीबाट सिंगातातोपानी तर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले सिंगातातोपानीबाट बेनी तर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार बेनी न.पा.७ मंगलघाट बस्ने वर्ष.४५ का प्रेम शाही गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी बेनी अस्पताल म्याग्दीमा सामान्य उपचार पश्चात् चालक रोकालाई थप उपचारको लागि पोखरा मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घाइते शाहीलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

    टिपर चालक बेनी नगरपालिका ५ पुलाचौर बस्ने वर्ष ३८ को खिमे दर्जीलार्ई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ।



    Heralo Reporter Heralo Reporter    
  • १३ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP