logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • एनएमबी लघुवित्त अमरगढीले गर्याे अन्तरक्रिया कार्यक्रम

    • heralokhabar heralokhabar
    • २३ माघ २०८१ बुधबार
    एनएमबी लघुवित्त अमरगढीले गर्याे  अन्तरक्रिया कार्यक्रम

    २३ माघ, हेरालाे खबर, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा न. ८ मा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढिले ग्राहक केन्द्रीत वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।अमरगढी शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।

    उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,एम पासबुकको प्रयोग ,मोबाइल एसएमएसको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन र यस NMB लघुबित्त बित्तीय सस्था लि अमरगढी शाखामा आबद्ध भइ नियमितरूपमा केन्द्र बैठकमा उपस्थित हुने र आफुले लिएको कर्जाको सहि ठाँउमा सदुपयोग गरि भाका अवधी अनुसारको नियमित किस्ता तिरि असल आर्थिक अनुशासन कायम राखेको सदस्यलाई यसै कार्यक्रमको बिचमा खादा लगाई सम्मान पत्रका साथ सम्मानित गरि विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय अमरगढिका शाखा प्रबन्धक धरम वीर धामीले जानकारी दिनु भयो।

    बिगत ३ बर्ष देखि यस एनएमबि लघुबित्त बित्तीय संस्था अमरगढि शाखा कार्यालयले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका,गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका,नवदुर्गा गाउँपालिका,भागेश्वर गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्युरोड कास्की पोखरामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेको र सुदुरपश्चिम प्रदेशमा मात्र १४ वटा शाखा रहेका छ्न भने प्रदेश कार्यालय धनगढिमा रहेको छ।



    heralokhabar heralokhabar    
  • २३ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP