logo
  • ५ मंसिर २०८२, बिहीबार | Thu, 20 Nov 2025
  • धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • २२ आश्विन २०८१ मंगलवार
    धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

    म्याग्दी , हेरालाे खबर

    धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरुको शव मंगलबार भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।

    आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २२ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP