logo
  • ९ पुष २०८२, बुधबार | Wed, 24 Dec 2025
  • दशैँ टीकाको आज दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

    • Heralo Reporter Heralo Reporter
    • २७ आश्विन २०८१ आईतवार
    दशैँ टीकाको आज दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

    पाेखरा , हेरालाे खबर

    आज बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ ।

    विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् ।

    मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ ।

    देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २७ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP