logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • २८ आश्विन २०८१ सोमबार
    बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    बारा , हेरालाे खबर

    बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

    घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए ।

    खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

    केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती मृत फेला परेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २८ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP