logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • रवि लाछिानेलाई आठाैँ पटक अदालत उपस्थित गराइयो, म्याद थपको माग

    रवि लाछिानेलाई आठाैँ पटक अदालत उपस्थित गराइयो, म्याद थपको माग

    पोखरा , हेरालाे खबर

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई आज पनि म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

    कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई ३ गते कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन, मंसिर ९ मा १५, मंसिर २३ मा चार र मंसिर २७ मा पाँच दिन म्याद थप भएको थियो ।

    आज लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका पाँचै जनालाई अदालत उपस्थित गराइएको छ । जसमा पूर्वडीआइजी छविलाल जोशी, पोखराका कृष्ण गुरुङ, लीला पछाई, व्यवसायी रामबहादुर खनाल छन् ।

    प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले केही दिन म्याद थपको माग गरिएको छ । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको भनाइ छ ।

    सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र एक अर्ब ५१ करोड बिगो मागसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारीसमेत रहेकअ डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • २ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP