logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • कास्कीको अन्नपूर्णबाट घोरेपानी हिँडेका दुई पर्यटक बेपत्ता

    • Heralo Reporter Heralo Reporter
    • ११ भाद्र २०८१ मंगलवार
    कास्कीको अन्नपूर्णबाट घोरेपानी हिँडेका दुई पर्यटक बेपत्ता

    म्यादी , हेरालाे खबर

    म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्क विहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए ।

    भुरुङ्दी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङ्दी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

    “पुरानो बाटो बाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ ।” गुरुङले भने ।

    एक्याप विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार विहान १० बजेर २१ मिनेटमा पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।

    “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” उनले भने ।

    मंगलाबार पनि गोताखोर सहितको टोलीले खोलामा खोजी जारी राखिएको र पर्यटक हराएको जानकारी दुतावासलाई गराइसकिएको गुरुङले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP