logo
  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • टी-२० क्रिकेटमा नेपालको विजयी शुरुआत

    • Heralo Reporter Heralo Reporter
    • २ कार्तिक २०८१ शुक्रबार
    टी-२० क्रिकेटमा नेपालको विजयी शुरुआत

    पाेखरा , हेरालाे खबर

    आज अमेरिकाविरुद्धको टी-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी शुरुआत गरेको छ ।

    अमेरिकामा भएको पहिलो खेलमा नेपाल १७ रनले जित हासिल गर्दै तीन खेलको श्रृंखलामा विजयी शुरुआत गरेको हो ।

    १६५ रनको चुनौती पछ्याएको अमेरिकाले १४७ रनमात्र बनाउन सक्यो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनायो ।

    कप्तान रोहित पौडेलले खेलेको कप्तानी इनिङ्ससँगै नेपालले सम्मानजनक स्कोर खडा गरेको हो ।

    रोहितले रन आउट हुनुपूर्व ३३ बलमा ४९ रन बनाए । अन्य खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरीले १७ बलमा २८ रन जोडे ।

    त्यस्तै ओपनरद्वय आसिफ शेख र अनिल साहले समान २७ रन बनाए ।

    अमेरिकाका लागि सौरभ नेत्रभल्कार, जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए ।

    नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी-२० खेल भएको थियो ।

    टी-२० विश्वकप छनोट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको भएको यो पहिलो पटक हो ।

    श्रृंखलामा १-० ले अग्रता लिएको नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छ ।



    Heralo Reporter Heralo Reporter    
  • २ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP