हेरालाे खबर
काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको यु–१२ मिनि बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा छात्र र छात्रातर्फ गरी कुल २१ स्कुलको सहभागिता रहनेछ। लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता करिब एक साता चल्नेछ। प्रतियोगिताको विजेताले ट्रफी प्राप्त गर्नेछ।
बास्केटबललाई ग्रासरुट तहबाटै विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार प्रत्येक टोलीका एक खेलाडीले बढीमा दुई क्वाटर मात्रै खेल्न पाउने व्यवस्था गरिएको छ। यसले सबै खेलाडीलाई खेल्ने अवसर प्रदान गर्ने आयोजकको उद्देश्य छ।
प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरिएको थियो। बाल दीक्षा सदनका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद रेम्मी, प्रधानाध्यापक शिवशंकर आले, ईसीए इन्चार्ज संजोक थापा तथा प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाको उपस्थितिमा खेलतालिका सार्वजनिक गरिएको हो।
प्रतिक्रिया