logo
  • ८ चैत्र २०८२, आईतवार | Sun, 22 Mar 2026
  • अमेरिकामा आक्रमणकारीकाे ट्रकले भीडलाई ठक्कर दिँदा १० को मृत्यु, ३५ घाइते

    अमेरिकामा आक्रमणकारीकाे ट्रकले भीडलाई ठक्कर दिँदा १० को मृत्यु, ३५ घाइते

    वासिङ्टन , हेेरालाे खबर

    अमेरिकी सहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा आक्रमणकारीले पिकअप ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    उक्त घटनामा ३५ जना घाइते भएको सहर प्रशासनले बुधबार जानकारी दिएको छ ।

    “आठौँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ । ३५ जना घाइते छन् र १० जनाको मृत्यु भएको छ”, न्यू अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले एक विज्ञप्तिमा भनेको छ ।

    उक्त घटना बुधबार बिहान ३ः१५ बजेको हो । फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।

    अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १८ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP