logo
  • ३ पुष २०८२, बिहीबार | Thu, 18 Dec 2025
  • हेरालाे खबर

    भारतले पाहुना टोली इङ्ग्ल्याण्डविरुद्धको टि ट्वान्टी आई सिरिज १ खेल अगावै जितेको छ ।

    चौथो खेलमा शुक्रवार इङ्ग्ल्याण्डलाई १५ रनले हराएसँगै भारतले ५ खेलको सिरिज जितेको हो । भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ ।

    १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । इङ्ग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन जोडे । उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

    ओपनर बेन डकेट १९ बलमा ३९ तथा फिल साल्ट २१ बलमा २३ रन बनाए । जेमी ओभरटर्न १९ रनमा आउट हुँदा आदिल राशिदले नट आउट १० रन जोडे ।

    भारतका लागि दोस्रो इनिङको १०औं ओभरमा शिभम दुवेको स्थानमा टिममा आएका हर्षित रानाले ३ विकेट लिए । रवि बिश्नोइले ३, वरुण चक्रवर्तीले २, अक्षर पटेल र अर्शदिप सिंहले समान १ विकेट लिए ।

    त्यसअघि पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल तयार गरेको थियो ।

    भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडेका थिए । दुवेले ३४ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । पाण्ड्याले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

    छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए ।

    दोस्रो ओभरमा १२ रनमा ३ विकेट गुमाएको भारतका लागि रिंकु सिंह र अभिषेक शर्माले ४५ रनको साझेदारी गरेका थिए । सिंह ३० र शर्मा २९ रनमा आउट भएका थिए ।

    भारतका कप्तान सुर्यकुमार यादव र तिलक बर्मा रनको खाता नखोल्दै आउट भएका थिए । ओपनर सञ्जु स्यामसन १ र अक्षर पटेल ५ रनमा आउट भएका थिए ।

    इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए । पाँचौ टि ट्वान्टी आई आइतवार हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • १८ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP