logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • कास्की टेबल टेनिस संघको अध्यक्षमा लामा योन्जन चयन

    कास्की टेबल टेनिस संघको अध्यक्षमा लामा योन्जन चयन

    पाेखरा हेरालाे खबर

    कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन्। संघको २०औं साधारण सभा तथा ७औं अधिवेशनले योन्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।

    कार्यसमितिको उपाध्यक्षमा मुना थापा (प्रथम) र रविनाथ पन्त (द्वितीय) चयन भएका छन्। सचिवमा दीपक भण्डारी, सहसचिवमा रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल रहेका छन्। कार्यसमिति सदस्यहरूमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समीक्षा पोख्रेल रहेका छन्।

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले खेलाडीको सफलता मेहनत र धैर्यतामा भर पर्ने बताउँदै खेलाडी उत्पादनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। “टेबल टेनिस सानो खेल नभई यसको प्रतियोगिता र कार्यक्रम नभएकाले सानो देखिएको हो,” उहाँले भन्नुभयो।

    संघका सल्लाहकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि खेलकुद गतिविधिलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो।

    नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव मधु अधिकारीले टेबल टेनिस सर्वसुलभ खेल भएकाले प्रत्येक वडामा यसको संरचना निर्माण गर्न सके खेलाडीको उत्साह र निरन्तरता बढ्ने धारणा राख्नुभयो।

    पूर्वअध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै टेबल टेनिसलाई राष्ट्रपति रनिङशिल्डमा समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य रवि पन्तले व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निर्मल सोतीले गर्नुभयो। सचिव कृष्ण रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    यस अधिवेशनले कास्की जिल्लामा टेबल टेनिसको विकास र विस्तारमा नयाँ दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।



    Heralo Reporter Heralo Reporter    
  • २३ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP