logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • मैदान मा बि बाँगेमा श्रीपञ्चमीको अवसरपारी सरस्वती मन्दिर सिलन्यास

    मैदान मा बि बाँगेमा श्रीपञ्चमीको अवसरपारी सरस्वती मन्दिर सिलन्यास

    पोखरा  , हेरालाे खबर

    स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेमा रहेको मैदान माध्यामिक विद्यालय परिसरमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको मन्दिर सिलन्यास गरिएको छ ।
    विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयले विद्यालयको परिसरमा सोमबार सरस्वती मन्दिरको सिलन्यास गर्दै सबैको अपनत्व हुने गरी सबैको सहयोगमा एक वर्ष भित्र मन्दिर निर्माण सम्पन्न गरी २०८२ पौष १० गते मन्दिरको प्राणप्रतिष्ठा गरी विद्यालयलाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    साथै सोही अवसरमा आयोजित भेलाले मन्दिर निमार्णको लागि बाँगे पोखरा मिलन चौतारीका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक तथा बृहत फेदीखोला पोखरा सम्पर्क समाजका पुर्व अध्यक्ष, सूचना अभियान्ता. र कसरी पढ्ने, कसरी सिक्ने प्रेरणादायी पुस्तकका लेखक, विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री ‘उदय’को अध्यक्षतामा ९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरेको छ ।


    समितिको उपाध्यक्षमा बुद्धिराज लामिछाने, सचिवमा थानेश्वर शर्मा पौडेल, कोषाध्यक्षमा नरहरी पनेरु, सहसचिवमा सुनिल क्षेत्री र सदस्यहरुमा मिनकाजी गुरुङ, चन्द्रबहादुर नेपाली (दिपक), एक प्रसाद गुरुङ, मनबहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै मिडिया संयोजकमा दरबारथोक एडभरटाईजिङ एण्ड मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सर्वसम्मत चयन गरिएको छ ।

    त्यसै गरी भेलाले उक्त समितिलाई स्वदेश तथा विदेशमा रहेका भुतपुर्व विद्यार्थी तथा बाँगे मैदान विद्यालय प्रेमीजनहरुलाई समेटेर आर्थिक सहयोग संकलन गर्न र मन्दिर निर्माणको पवित्र कार्यमा सबैलाई समावेश गर्न छुट्टै उपसमिति गठन गर्ने अधिकार दिएको छ ।


    सो अवसरमा फेदीखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डिलबहादुर गुरुङ, गाउकार्यपालिका सदस्य पार्वती क्षेत्री, वडा सचिव मनबहादुर क्षेत्री, पुर्व विव्यस अध्यक्षहरु पुर्णवीर गुरुङ, धनिराम पनेरु, मिनकाजी गुरुङ र हिमलाल पौडेल, वाराही आविका प्रअ ठकबहादुर गुरुङ, भगवती आविका प्रअ मोतीप्रसाद लामिछाने, समाजसेवी बुद्धिराज लामिछाने, बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, शिअस अध्यक्ष एक बहादुर गुरुङ तथा सदस्यहरु मेख बहादुर गुरुङ र जंगबहादुर गुरुङ, स्वस्थ्य चौकी इन्चार्ज पुण्य प्रसाद पौडेल, निमार्ण व्यवसायी चन्द्रबहादुर नेपाली (दिपक) लगाएतले आफ्ना भनाई राखेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रअ ख्याम प्रसाद सुवेदी र संचालन शिक्षकहरु थानेश्वर पौडेल र सुनिल क्षेत्रीले गरेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • २२ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP