पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करणमा केन्याली धावकहरूको उत्कृष्ट प्रदर्शन र नयाँ रेकर्ड कायम भएको छ । शनिवार पोखरा रंगशालाबाट सुरु भएको म्याराथनमा केन्याली धावक विल्सन चेरुइयोटले ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गर्दै उपाधी जितेका छन्।
यससँगै उनले म्याराथनमा नयाँ रेकर्ड पनि तोडेका छन्। जुलियस मुरियाली वाहोमले २ घण्टा १७ मिनेट २६ सेकेण्डमा सोही दुरी पूरा गरेर दोस्रो स्थान हासिल गरे, जबकि ओनेस्मस गिताउ जोरोगले २ घण्टा १८ मिनेट ५१ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो स्थान पक्का गरे।
नेपालका किरण सिंह बोगटीले २ घण्टा ३८ मिनेट १७ सेकेण्डमा म्याराथन पूरा गर्दै चौथो स्थानमा स्थान बनाएका छन्। पोखरा म्याराथनमा २१ देशका ८० जना विदेशी सहित १५० धावकहरूको सहभागिता रहेको थियो।
हाफ म्याराथन पुरुष तर्फ केन्याली धावक जोयानले १ घण्टा ९ मिनेट ५ सेकेण्डमा प्रतिस्पर्धा जितेका छन्। शसस्त्र प्रहरी बलका सन्तोष विक्रम विष्टले १ घण्टा ९ मिनेट ७ सेकेण्डमा दौड पुरा गरेर दोस्रो स्थान प्राप्त गरे। त्रिभुवन आर्मीका गजेन्द्र राईले १ घण्टा ९ मिनेट ५६ सेकेण्डमा दौड समाप्त गर्दै तेस्रो स्थान पाएका छन्। महिलातर्फ, सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट ३० सेकेण्डमा दुरी पुरा गर्दै उपाधी जितिन् ।
पोखरा म्याराथनको विजेताहरूलाई आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइएको छ। म्याराथनका विजेताहरूले क्रमशः नगद ५ लाख, ३ लाख, २ लाख, ५० हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। गण्डकी प्रदेशका विजेताहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।
यस वर्षको पोखरा म्याराथनले केन्याली धावकहरूको दबदबा र नेपाली धावकहरूको प्रतिस्पर्धा हेर्ने अवसर प्रदान गर्यो।
बिजेता तथा पुरस्कार
म्याराथन तर्फ
प्रथम:-Wilson Cheruiyot(02:17:24)Rs.500000 KENYA
दित्तिय:-Julius Muriuki Wahome(02:17:26)Rs.300000 KENYA
तृतीय:-Onesmus Gitau Njoroge (02:18:51)Rs.200000 KENYA
हाफ म्याराथन पुरुष तर्फ
प्रथम:-jhoyan(01:09:05)Rs.75000 KENYA
दित्तिय:-santosh Bikram Bista(01:09:07)Rs.50000 APF
तृतीय:-Gajendra
rai(01:09:56)Rs.50000 TAC
तृतीय:-Emmanel Kiptrabie(01:10:02)Rs.50000 KENYA
हाफ म्याराथन महिला तर्फ
प्रथम:-Santishi Shrestha(01:20:30)Rs.150000
दित्तिय:-Sawron Jenotich(01:21:07)Rs.100000 kenya
तृतीय:-Puspa Bhandari(01:23:08)Rs.75000 APF
10 K.M. पुरुष तर्फ
प्रथम:-Nageshwar Ahir(00:36:04)Rs.30000
दित्तिय:-Rajendra Tamang(00:36:14)Rs.20000
तृतीय:-Badal Karki(00:36:47)Rs.15000
10 K.M. महिला तर्फ
प्रथम:-Samichhya Pahari(00:38:56)Rs.30000
दित्तिय:-Madurima Roka(00:40:10)Rs.20000
तृतीय:-Rakdhya Tilaja(00:43:32)Rs.15000
5 K.M.पुरुष तर्फ
प्रथम:-Sagun Lamichhane(00:18:42)Rs.15000
दित्तिय:-Sujan Nepali(00:18:44)Rs.10000
तृतीय:-Ishwor Dhakal(00:19:37)Rs.75000
5 K.M.महिला तर्फ
प्रथम:-Menuka Adhikari(00:24:03)Rs.15000
दित्तिय:-Anzeela G.T.(00:24:08)Rs.10000
तृतीय:-Sadhana Pariyar(00:24:24)Rs.75000
5 K.M.भेट्रान पुरुष तर्फ(५० बर्ष माथी)
प्रथम:-Dharma Maharjan(00:20:19)Rs.20000
दित्तिय:-Raibat Bahadur Dahal(00:22:18)Rs.15000
तृतीय:-Abhi Narayan Adhikari(00:22:43)Rs.10000
5 K.M.भेट्रान महिला तर्फ(५० बर्ष माथी)
प्रथम:-Tol maya thapa(00:31:24)Rs.20000
दित्तिय:-Durga Laxmi gurung(00:36:02)Rs.15000
तृतीय:-Rim
gurung(00:38:45)Rs.10000
साथै नगद,मेडल र प्रमाणपत्र।
प्रतिक्रिया