पाेखरा , हेरालाे खबर
०७९ को चुनाबमा स्थानीय निकायमा नियमानुसार रुपा गाउँपालिकाको उमेदवार टुङ्गियो तर पार्टीका सह-महामन्त्री जीवन परियारलाई कता के को प्रभाब पर्यो, केन्द्र बाटै उमेदवार संसोधन गरेर पठाए ।
संविधान र पछिल्लो आन्दोलनको कलस्टर, जातजाती र समानुपातिक उप्लब्धीको चरम फाईदा लिनेमा कास्कीका जीवन परियार र उनको पुरा परिवार पर्दछ । कास्कीका विभिन्न स्थानीय निकायमा स्थानिय पार्टीका नेता र कार्यकर्ताले टुङ्गाएको उम्मेदवार विभिन्न प्रलोभनमा परी हेरफेर गर्ने गराउने काम ऊनी बाट भईरहन्छ ।
२०८१ माघ ५ गते नेपाली काँग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेश समन्वय बिभागमा नेपाली कॉंग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण बहादुर के.सी.लाई विभागको १ नम्बर राखी सदस्य मनोनयन गरेको पत्र सामजिक संजालमा देखियो तर त्यसको २ घण्टा नबित्दै निर्णय परिमार्जित भएको पत्र पनि आयो । प्रदेश समन्वय विभागमा किन नियुक्ति गरियो र किन हटाईयो ? भन्ने बिषयमा कास्कीमा यति बेला चर्चाको विषय बनीरहेको छ । कास्की कॉंग्रेसमा यो नौलो बिषय भने हैन, सधैजसो अन्तिम समयमा यस्तै हुने गरेको छ ।
०७४ को चुनावमा पोखरा महानगरको मेयर/ प्रदेश सांसदको टिकट कन्फर्म गरेर पोखरा हिडेका नरेशशंकर पालिखेको नाम अन्तिम समयमा हटाएर बिन्दु थापा लाई टिकट दिए पछी नरेशले कांग्रेस पार्टी नै छोडे जुन कुरा गम्भीर छ !
पटक पटक कार्याकर्ताको बुई चडेर चुनाव जितेका यज्ञ बहादुर थापा मन्त्री सम्म भए तर कास्कीमा सिन्को सम्म भाचेनन उल्टो भागबन्डामा उमेदवार बार्गेनिङ गर्ने प्रत्यासी उमेदवार हरु उचाल्ने उनकै गाडी-घोडा प्रयोग गर्ने आर्थिक भार थप्ने गर्छन जस्तै उपमेयर प्रत्यासी कोपिला रानाभाटको श्रोत साधन प्रयोग गरे तर उनकै वडा पोखरा -२६ मै वडा अध्यक्षले पाएको मत उनलाई आएन आखिर किन हराए ? अहिले डिप्रेसनको औषधि खाने गरेको भए पनि कास्की १ का जनता उनको निकम्मापनको चर्चा गर्दै न भाले न पोथी भएकाले कास्की १ का जनता र कांग्रेसले दुख र धोका पाएको साथै उनी मान्छे उचाल्ने र पछार्ने मा १ नम्बरमा रहेको बताउछन।
लामो समय करार (पेन्सन अयोग्य) शिक्षण पेशा र कॉंग्रेसका विभिन्न पेशागत सस्थामा बसी स्वयं आफै कार्यरत सस्था कमजोर बनाउने भद्रकाली स्कुलको अख्तियारमा भ्रस्टाचार मुद्दाले डामेर जागिर बाट अपदस्थ लाभको पद लिएर केन्द्रीय नेताको बुई चडी गत निर्वाचनमा टिकट ल्याएर गठबन्धन हुदा हुदै पनि लज्जासपद हार व्यहोरेका कास्की काँग्रेस सभापती किशोरदत्त बरालले ९ सिट रहेको कास्कीमा भागबन्डामा आफु लाई मात्रै केन्द्रित गरेर कास्की लाई ३ सिट मै भागबन्डामा सिमित गरे ,पालिकाहरु को टिकट बितरणमा आर्थिक चलखेल गरेर कांग्रेसलाई कमजोर बनाई व्यक्तिगत गुट संचालन गरीरहेका बरालले एक पक्ष टोलीलाई पाखा लगाउने तथा कार्यकर्ताको दुख सुखमा साथ दिने संरक्षण गर्ने भन्दा व्यक्तिगत फाइदामा अगाडी रहेको कार्यकर्ताले भनि रहेका छन । भातृ संस्थाको बेहाल स्थिति देखी अन्य शुभेच्छूक संस्थाहरू संगको समन्वयकारी भूमिकामा कमजोर देखिएका बराल जनताको माझ अलोकप्रिय र जान नसक्ने देखी बन्द कोठा भित्र बसेर फेसबुके भिडियो र स्टाटस मै मख्ख देख्दा आम कांग्रेसी शुभचिन्तक दुखी छन !
आफू हुदा ठिक र अरु हुदा खुट्टा तान्ने प्रबृतिले कास्की छेत्र नम्बर.१ कॉंग्रेस दिन प्रति दिन कमजोर बन्दै गईरहेको छ । सामाजिक संजालमा देखिईरहेको छ , यसबाट समग्र कास्की काँग्रेसलाई अपुरणीय क्षति हुने देखएको छ ।
( लेखक नेबि.संघ केन्द्रिय सदस्य हुन )
प्रतिक्रिया