Sunday 19th May 2024
पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति
हेरालो खबर, २०७६ श्रावण २९ ,
पोखराको मुख्य बजार न्यूरोडमा मंगलबार एक मिनी मार्केटमा आगलागी भएको छ । न्युरोडस्थित भाट भटेनी नजिकै रहेको एस मिनी मार्केटमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुुसार त्यहाँ रहेका २३ वटा सटरमा क्षति पुगेको छ । ७ जना व्यवसायीको व्यवसायमा क्षति पुगेको उनले जानकारी दिए । ‘७ जना व्यवसायीको २३ वटा सटरमा क्षति पुगेको पाइयो, उनले भने, ‘एक व्यवसायीको नौ वटासम्म सटर रहेछ ।’ त्यहाँ इलेक्ट्रोनिक्स, जुस, फोम हाउस, खाजा घर, फेन्सी, चस्मालगायतका पसल संचालनमा रहेको स्थानीय फरान खानले जानकारी दिए ।
आगलागीबाट त्यहाँ रहेका पसलका सामान जलेर नष्ट भएका छन् । शुभ यूनिक होम डेकोरेसनबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताए । विद्युत सर्ट सर्किट भएकाले आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने आएको छैन् ।