logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

    • Heralo Reporter Heralo Reporter
    • २० फाल्गुन २०८१ मंगलवार
    अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

    हेरालाे खबर

    एजेन्सीच्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।

    आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो।

    अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो क्षमतालाई पुनः प्रमाणित गर्न चाहन्छ। टोलीका केही प्रमुख खेलाडी अनुपस्थित छन्। अष्ट्रेलियाको ३ मध्ये २ च्याम्पियन्स ट्रफी खेल वर्षाले प्रभावित भएको थियो। तर अफगानिस्तान विरुद्धको खेलमा उसले सहज जित हात पारे।

    यता भारतले समूह चरणमा अपराजित रहँदै सेमिफाइनल यात्रा तय गर्यो। दुबईको वातावरणमा ३ खेल खेलिसकेकाले टोलीलाई केहि सहज पक्कै हुनेछ। भारतले ४ उत्कृष्ट स्पिनर प्रयोग गर्ने सम्भावना छ। जसले अष्ट्रेलियालाई चुनौती दिन सक्छ।

    भारतको उत्कृष्ट स्पिन बलिङ लाइनअपमा कुलदीप यादव प्रमुख खेलाडी मानिन्छन्। समूह चरणका तीनमध्ये २ खेलमा उनको प्रदर्शन उत्कृष्ट छ।

    यता दुबईको पिचमा अष्ट्रेलियाका स्पिन बलरहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। अष्ट्रेलियाले ३ जना फास्ट बलरहरू चयन गर्ने कि अतिरिक्त स्पिनर प्रयोग गर्ने भन्ने चासोको विषय हुनेछ। जुनसुकै अवस्थामा पनि अष्ट्रेलियाले जाम्पाको १० ओभरको पूर्ण उपयोग गर्न सक्छ।

    सन् २०१० यता भारत र अष्ट्रेलियाले एकअर्का विरुद्ध समान २३ जित र २३ हार दर्ज गरेका छन्। भारतले च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियासँग ४ पटक खेलेको छ।

    जहाँ २ जित,१ हार, र १ खेलमा नतिजा आएको थिएन्।भारतले पछिल्ला १३ खेलमा टस लगातार हारेको छ। जसमध्ये १० पटक रोहित शर्मा र ३ पटक केएल राहुल कप्तान थिए।

    म्याक्सवेललाई ओडीआईमा ४ हजार रन पूरा गर्न १७ रन आवश्यक छ। यता राहुललाई ३ हजार रन पूरा गर्न ३३ रन आवश्यक रहेको छ।

    दुई वर्षअघि घरेलु मैदानमा भएको ओडिआई विश्व कपको फाइनलमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो।



    Heralo Reporter Heralo Reporter    
  • २० फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP