logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी, धनराज आचार्य पराजित

    एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी, धनराज आचार्य पराजित

    पाेखरा , हेरालाे बराल

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीमा कास्की श्रीनाथ बराल सचिव पदमा चुनिएका छन् ।

    सचिव पदमै प्रतिष्पर्धामा उत्रिएका पोखरा महानगरपालिकाका मेयरसमेत रहेका धनराज आचार्य भने पराजित भए । यस्तै, महिला नेतृ दिलकुमारी पन्त (दिलु) पनि चुनिइनन् । दलिततर्फको सचिव पदमा उम्मेदवारी दिएका कास्कीकै कृष्ण नेपाली पनि पराजित भएका छन्।

    बराल एक सय ७ केन्द्रीय सदस्यको समर्थन पाएर खुल्ला सचिव पदमा विजयी भएका हुन्। मेयर आचार्यले भने जम्मा ७५ मत पाए।

    केन्द्रीय खुल्ला सचिवमा बरालका साथमा शेरबहादुर कुँवर एकसय ५३, सोमप्रसाद पाण्डे एकसय ४१, सावित्रीकुमारी भुसाल १०६ र चन्द्रबहादुर शाहीले ९१ ले मत पाएर विजयी भएका छ्न ।



    Heralo Reporter Heralo Reporter    
  • १२ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP