
हेरालो खबर । ३० असोज २०८२ ।
इलाममा बाढी–पहिरो प्रभावित २१ घरधुरीलाई एनएमबी लघुवित्त संस्था लि शाखा कार्यालय बिब्ल्याटेले राहत वितरण गरेको छ । गत २०८२ असोज १८ गते आएको बाढी–पहिरोबाट प्रभावित इलाम नगरपालिका वडा नं–५ र ६ का पीडित परिवारहरूलाई एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको संस्थाका बिब्ल्याटे क्षेत्रिय स्टेशनका क्षेत्रिय प्रवन्धक श्याम प्रसाद राईले जानकारी दिएका छन् । संस्थाले प्रभावित २१ घरधुरीलाई खाद्यान्न सामग्री लगायत करिब रु. २५,००० बराबरको राहत सामग्री वितरण गरेको हो। राहत सामग्रीमा चामल, दाल, चिनी, तेल, साबुन लगायतका अत्यावश्यक वस्तुहरू समावेश छन् ।
प्राकृतिक विपत्तिको कारण आफ्नो संस्था कार्यरत स्थानका बासिन्दालाई अपठ्यारो परेको बेला सहयोग गर्ने आफुहरुको दायित्व भएको र स्थानियहरुको हरेक सुख दुःखमा संस्था साथमा उभिने क्षेत्रिय प्रवन्धक राईले बताए । राहत वितरण कार्यक्रम सो शाखाका शाखा प्रवन्धक राजेश कुमार चौधरी र फिल्ड सहायक दधिराम दुलालको सक्रियतामा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रभावित परिवारहरूले संस्थाको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरेका थिए।
प्रतिक्रिया