हेरालाे खबर
काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ शक्तिशाली र प्रिमियम इलेक्ट्रिक फोर ह्विल ड्राइभ पिकअप म्याक्सस ई-टेरोन९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो ईभी गाडी लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगको उपयुक्त रहेको कम्पनीले जानकारी दिएको हो ।

विक्रेता कम्पनीले पहिलो ५० जना ग्राहकलाई ८८ लाख रुपियाँमै यो गाडी उपलब्ध गराउने बताएको छ । शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको म्याक्सस ई -टेरोन९ कम्फर्ट दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ ।

गाडीमा १०२.२ किलोवाट अवर क्षमताको ब्याट्री भएको यस ईभी गाडमा राखिएको ब्याट्री प्याक नेपालकै उपलब्ध अन्य गाडीको भन्दा ठूलो क्षमता रहेको कम्पनीको दाबी छ । जसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसले ११५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

ई-टेरोन९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ । गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
म्याक्सस ई-टेरोन ९ कम्फर्टले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ । यसमा व्यावसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख्न सकिन्छ । गाडीमा विभिन्न प्रकारका सडक र भू-भागमा सहज रूपमा चलाउन सहयोग गर्ने एटीएस सुविधा पनि दिइएको छ । यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्नसक्ने क्षमता राख्ने कम्पनीले बताएको छ ।
साथै, यस गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ । डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक–फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ । पाँचजना यात्रुका लागि तयार गरिएको म्याक्सस ई-टेरोन ९ कम्फर्टको क्याबिन फराकिलो र आधुनिक छ । यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन् ।
अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, मल्टिफइसन माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल, पछाडिका यात्रुका लागि एसी आउटलेट, चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा, अटोमेटिक हेडलाइट र वाइपर, वन–टच पावर विन्डो जस्ता सुविधा र विशेषता यस गाडीमा दिइएको छ ।
प्रतिक्रिया