logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • दार्चुलाकाे महाकाली नगरपालिकाे सवै वडामा एनएमबि लघुवित्तकाे सेवा

    • heralokhabar heralokhabar
    • २३ माघ २०८१ बुधबार
    दार्चुलाकाे महाकाली नगरपालिकाे सवै वडामा एनएमबि लघुवित्तकाे सेवा

    २३ माघ, हेरालाे खबर, दार्चुला ।  दार्चुला जिल्लाको महाकाली नगरपालिकाकाे सवै वडामा एनएमबि लघुवित्तले सेवा दिन थालेकाे छ । नगरपालिकाकाे वडा न. ५ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाले गत एक महिना देखी नगरपालिका भित्रका बासिन्दालाइ लक्षित गरि वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।  दार्चुला शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको शाखाका कर्मचारीहरूले जानकारी दिए।

    उक्त अभियानमा कर्जाको आवश्यकता , बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय दार्चुलामा कार्यरत कर्मचारी नबराज भत्तले जानकारी दिनु भयो।


    उक्त नगरपालिका वडा न. १, २, ३, ४, ५, ६, ७, ८, ९ र  मालिकार्जुन १ का करिब ६०० घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय दार्चुलाले दार्चुला जिल्ला को महाकाली नगरपालिका , मालिकार्जुन गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नं. ८ न्युरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।



    heralokhabar heralokhabar    
  • २३ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP