हेरालाे खबर
एजेन्सी , काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबका कमला पुन र मनिषा चौधरीको जोडीले राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा मंगलवार सुरु भएको प्रतियोगितामा समूह ‘ग’मा कमला र मनिषाको जोडीले कर्णाली प्रदेश सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-४,२१-२ को सोझो सेटमा हरायो ।
सातौं महिला राष्ट्रिय बिच भलिबलको पहिलो दिनका अन्य खेलमा समूह ‘क’ मा एपिएफको रस्मिता दुरा र जस्ना महतोको जोडीले सुदूरपश्चिम प्रदेशलाई, समूह ‘ख’ मा कोशी प्रदेश अन्जना लिम्बु र सुस्मिता लावती जोडीले बागमती प्रदेशको अन्जना क्षेत्री र अनु तामाङको जोडी, त्रिभुवन आर्मी क्लब सुनिता राई र भावना डाँगीको जोडीलाई समान २-० ले हरायो।
आठौं पुरुष राष्ट्रिय बिच प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ मा पुलिसका चन्द्र कुवँर र सफल विकको जोडीले सुदूरपश्चिमका नवराज धामी र बरुण ठगुन्नाको जोडीलाई २१-१०,२१-१२ ले पराजित गर्यो।
समूह ‘ग’ मा मधेश प्रदेशले विनय यादव र धिरेश यादवको जोडी बागमती निर्मल बजगाईं उपेन्द्र तामाङको जोडीलाई २२-१७, २१-१६ ले तथा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले मधेशका भरत यादव र इब्राहिम आलमको जोडीलाई २१-११,२१-१० ले हरायो।
त्यसअघि प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ आयोजना गरेको हो।
५ दिन सम्म चल्ने च्याम्पियनसिपमा महिलामा१७ र पुरुषमा १८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुवैतर्फ समान ८ समूहमा विभाजन गरिएको छ। बुधवार प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ खेल हुनेछन्।
प्रतिक्रिया