logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • वडानं १३ को तीज गित प्रतियोगितामा वातावरण आमा समुह प्रथम

    वडानं १३ को तीज गित प्रतियोगितामा वातावरण आमा समुह प्रथम

    पोखरा १६ भाद्र

        हेरालाे खबर  ,  पोखरा महानगरपालिका वडानं १३ कार्यालय द्वारा शनिवार वडा कार्यालय मा आयोजना गरिएको दोस्रो खुल्ला तीज गीत प्रतियोगिता २०८१ मा वातावरण आमा समुह , छापाको चौतारा आर्वा प्रथम भएको छ ।
    प्रतियोगितामा ४२ समुहले भाग लिएका थिए ।  सो प्रतियोगितामा महिला तथा बाल कल्याण कुञ्ज सिग्देलमार्ग  कुडहर दोस्रो, कमला जैसी समुह हेमजा तृतिय तथा बाँझापाटन मिलन मार्ग आमा समुह र आर्वाली दिदि बहिनी समुह आर्वाले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट भेषभुषा तर्फ जागरण आमा समुह मोहरपानी आर्वा ले पुरस्कार हात पाऱ्यो । तेस्तै उत्कृष्ट नृत्य तर्फ काहुँखोला टोल बिकास संस्था एकमाया पौडेल समुह बिजयी भयो । प्रतियोगितामा पुरस्कार राशी प्रथम नगद ३० हजार, दोस्रो २० हजार, तृतिय १० हजार तथा सान्त्वना पाँच पाँच हजार , उत्कृष्ट भेषभुषा तथा उत्कृष्ट नृत्य तीन  हजार तथा साथमा प्रमाणपत्र राखिएको थियो ।
    तीज गीत प्रतियोगिताको उद्घघाटन बरिष्ठ चलचित्र अभिनेत्री गौरी मल्लले गर्दै तीजलाई भड्किलो नबनाउन आग्रह गरिन । उनले तीजमा दरखाने दिन मा मात्र दरखाने चलन ल्याउनु पर्ने भन्दै परम्परा मौलिकता लाई धान्दै तीज मनाउन आग्रह गरिन् । अभिनेत्री मल्लले आफु अभिनित चलचित्र कन्यादान को तीज गित, तिजको रहर आयो बरी लै बोलको गीत गाउनु  का साथै नृत्य समेत गरेकी थिइन् ।
      कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, वडान १३ का वडा अध्यक्ष किरण बराल, वडा सदस्य सुचीत तामाङ्ग, रजनी परियार, वडा सचीव अञ्जु गुरुङ्ग , रामकुमारी पौडेल, अस्मिता बराल लगायतले तीज गीत तथा तीजको महत्व का विविध पक्ष बारे धारणा राखेका थिए ।प्रतियोगिता का निर्णायकहरुमा अमर धिताल, केशब देवकोटा र सरास्वती परियार रहेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • १६ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP