logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • एनएमबी लघुवित्त गोकुलेश्वरले गर्याे सदस्य भेटघाट कार्यक्रम

    • heralokhabar heralokhabar
    • २३ माघ २०८१ बुधबार
    एनएमबी लघुवित्त गोकुलेश्वरले गर्याे सदस्य भेटघाट कार्यक्रम

    २३ माघ, हेरालाे खबर, बैतडी । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ६ मा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोकुलेश्वरले ग्राहक केन्द्रीत वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। गोकुलेश्वर शाखा कार्यालयले पुष ४ गतेदेखि हालसम्म कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार, बचत तथा कर्जाको फाइदा तथा बेफाइदा, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु ,कर्जा सदुपयोगिता, बीमा सेवा ,पासबुकको प्रयोग, एम्पासबुकको महत्त्व र फाइदा ,नगद जम्मा भौंचरको महत्व ,केन्द्र समूह र केन्द्र प्रमुखको भूमिका तथा केन्द्र सञ्चालन लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय गोकुलेश्वरका शाखा प्रबन्धक हरिस सिंह मालले जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका कर्मचारीहरू देवेन्द्रनाथ योगी, विक्रम ठकुल्ला र महादेव भट्टले पनि सहजिकरण गर्नुभएकाे छ ।

    उक्त गाउँपालिकामा वडा नम्बर १, २, ३, ५, ६ र दोगडा केदार गाउँपालिकाका वडा नम्बर ५, ६ साथै दार्चुला जिल्लाका शैल्यशिखर नगरपालिकाका वार्ड नं१ २ ३ ४ ५ ६ ९ मारमा गाउँपालिकाको वार्ड नं ६ र लेकम गाउँपालिकाको वार्ड नं १ र   २ का १ हजार ४ सय घरधुरीमा आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ। गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका लघुवित्तका प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छन् l



    heralokhabar heralokhabar    
  • २३ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP