रूपन्देही, हेरालाे खबर , पौष २५, रूपन्देही जिल्लाकाे सियारी गाँउपालिका ७ कनरीमा एनएमबी लघुवित्तले ग्राहक केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम गरेकाे छ । अमुवा शाखाकाे नेतृत्वमा पाैष महिनाभर संस्थाले कार्यक्रम संचालन गरेकाे हाे ।
कर्जाकाे आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाईदा, कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, कर्जा सदुपयोगिता, आफूले गरेको व्यवसायको बिमा र त्यसको फाईदा र बेफाईदा, व्यवसायको छनोटले आफू र आफ्नो परिवारलाई हुने लाभ, पासबुकको प्रयोग र यसको फाईदा, जम्मा भैचरको महत्व, केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतकाे बिषयमा ग्राहकहरूलाइ सचेतनामूलक कार्यक्रम गरिएकाे र कार्यक्रमले ग्राहकमा वित्तिय चेतना बढेकाे संस्थाका अमुवा शाखा प्रमुख सुनिल भण्डारीले जानकारी दिनुभयाे ।
सबै कुरा बुझ्दा सबै सेवा सुविधा बुझ्दा कर्जा, बचत ,बीमा लगायतमा एनएमबि लघुवित्त नै राम्रो रहेछ आगामी दिनमा गाउँका दिदि बहिनीहरुलाई पनि यसमै आबद्ध बनाउने कार्यक्रममा सहभागी सुनिता थारुले बताउनुभयाे । अहिले सम्म तपाईंले जसरी हाम्रो आँखा कसैले खोलिदिएको थिएन सबै कुरामा राम्रो रहेछ र अब हामी यसमा मात्रै कारो बार गर्छाै भन्दै सदस्यहरू कान्ति थारु र निशा चौधरीले खुसी ब्यक्त गर्नुभयाे।
कार्यक्रमकाे ब्यवस्थापन कर्मचारी राधा थारू र कल्पना भुषालले गर्नुभएकाे थियाे । लघुवित्तले यस अघि जिल्लाको गोठवा, भाग्दरी, कनरी, करोजिया लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
गाँउपालिकाका करिव चारसय बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको अमुवा शाखाले जिल्लाको सियारी गाँउपालिका र यसकाे वरपर कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।
पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख तीस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।
प्रतिक्रिया