logo
  • ११ माघ २०८२, आईतवार | Sun, 25 Jan 2026
  • एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को उद्घाटन तथा पदस्थापन

    • heralokhabar heralokhabar
    • ११ माघ २०८२ आईतवार
    एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को उद्घाटन तथा पदस्थापन

    हेरलोखबर, ११ माघ,पोखरा । एसोसियसन अफ एलायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट १०५५ नेपालको यही गत माघ ९ गते शुक्रबार भएको उद्घाटन तथा पदस्थापन कार्यक्रमले पोखरा—१६ लामाचौर कास्कीका थिर बहादुर थापालाई गभर्नरमा निर्वाचित गरेको छ । उक्त समारोहले प्रथम भाइस गभर्नरमा तनहुँ खैरनीटारका डा. लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेललाई निर्वाचित गरेको छ ।

    एलायन्स क्लव इन्टरनेसनलका इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पोखरा प्रस्याङस्थित ताजमहल बैङ्कुटमा भएको थियो । सो अवसरमा मुस्ताङ, बागलुङ, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, चितवन र कास्कीमा रहेका ४३ भन्दा बढि क्लवका ५०० भन्दा बढि पदाधिकारीको पदस्थापन गरिएको थियो ।

    कार्यक्रममा बोल्दै एलायन्सका इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेनाले एलायन्स क्लव सामाजिक र मानवसेवामा समर्पित संस्था भएकाले यसको सदस्य हुनुमा गौरव रहेको बताउनुभयो । सो अवसरमा विशेष अतिथि एलायन्स इन्टरनेसनलका फाउन्डर प्रेसिडेन्ट एली थिरुपति बुद्धराजुले एलायन्सका सदस्यले अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एलायन्सको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

    नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर थिरबहादुर थापाले आफ्नो समाजमा अवसर नपाएका नागरिकहरुलाई सामाजिक सेवाका हातहरु फैलाउँदै सेवा गर्दै जाँदा आफुलाई आत्म सन्तुष्टी सहित नेतृत्व विकास, आपसी भाईचारको सम्बन्ध प्रगाढ हुने, भारत लगाएतका २२ देशका बजारमा व्यवसायिक साझेदारीका अवसरहरुको सम्पर्क रहने, अध्ययन गर्न वा औषधी उपचारका लागि भारत जाँदा एलाएन्सको संञ्जालले सहजीकरण गर्ने, न्युन शुल्कमा अन्तर्राष्ट्रिय सदस्यता प्राप्त हुने वारेमा जानकारी गराए ।

    एलायन्स इन्टरनेसनल डिस्ट्रिक्ट १०५ का गभर्नर एली उषारानी अतलुरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेसनल भाइस प्रेसिडेन्ट एली के राजेश्वर रावले एलायन्स क्लवका पदाधिकारीलाई सपथ तथा पदस्थापन गराउनुभएको थियो सो अवसरमा एलायन्स नेपालका पूर्व मल्टिपल चेयरपर्सन एली नन्दराज पोखरेल, लायन्स क्लव इन्टरनेसनल ३२५ एल नेपालका प्रथम भाइस गभर्नर तेजनारायण पराजुली, शुभकामना मन्तब्य तथा एलाएन्स क्लब १०५५का प्रथम भाइस गभर्नर डा. लक्ष्मण तिम्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    नव निर्वाचित सचिव एली ताराप्रसाद पोखरेल र एली शंकरबहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा क्रिस्टल स्कुल लेकसाइड र पोखरा मन्टेश्वरी स्कुल लामाचौरका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । हाल एलायन्स क्लव इन्टरनेसनलको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको यो संस्थाको नेपाल लगाएत २२ राष्ट्रमा संजाल फैलिएको छ । सदस्य बिचमा सामान्य खर्चमा मात्र समाजसेवा गर्ने लक्ष्यले एलायन्स क्लवको स्थापना सन २००८ मा भारतको केरलामा भएको हो ।



    heralokhabar heralokhabar    
  • ११ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP