logo
  • २७ चैत्र २०८२, शुक्रबार | Fri, 10 Apr 2026
  • दशौं पिएम कप महिला तथा पुरुष भलिबल लिगको विजेताले १० लाख रुपैंया पाउने

    • heralokhabar heralokhabar
    • १५ चैत्र २०८२ आईतवार
    दशौं पिएम कप महिला तथा पुरुष भलिबल लिगको विजेताले १० लाख रुपैंया पाउने

    हेरालाे खबर

    काठमाडौ | नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग वैशाखमा आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा सन्चालन हुने अध्यक्ष जितेन्द्र चन्दले जानकारी गराएका छन् ।

    महिला र पुरुष दुवैतर्फको विजेताले समान १० लाख, दोस्रोले पाँच लाख र तेस्रो टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीले समान ६० तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका आठ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फको टिममा हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब, खिल्जी युवा क्लब लुम्बिनी, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानीलकण्ठ भलिवल क्लब छन् ।



    heralokhabar heralokhabar    
  • १५ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP