logo
  • ३२ असार २०८३, बिहीबार | Thu, 16 Jul 2026
  • एनभीएलको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन 

    • heralokhabar heralokhabar
    • ३२ असार २०८३ बिहीबार
    एनभीएलको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन 

    हेरालाे खबर

    केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजनलाई अनुबन्ध गरेकाे छ ।

    नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेकाे  हाे ।

    सो अबसरमा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।

    सम्झौतासंगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । कान्तिपुर टेलिभजनले टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम विम्बल्डन, टी-२० विश्वकप क्रिकेटलगायत प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिसकेको छ ।

    नेपाल भलिबल लिगको चरणबद्ध तयारीलाई अगाडि बढाउने क्रममा खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई मध्यजनर गरी हामीले कान्तिप्र टेलिभिजनसंग साझेदारी गरेका हौं। नेपाल भलिबल लिगको रोमाञ्चक प्रतिस्पर्धाको साक्षी बन्न कोही वण्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।

    यो सम्झौताले नेपाली भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचानलाई अझ फैलाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं ।

    यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोली, टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ। त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडसंग सम्झौता गरिएको थियो ।

    सहभागी हुने टिमहरुमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किड्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।



    heralokhabar heralokhabar    
  • ३२ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP