हेरालाे खबर
नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक भएको छ । आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले एक कार्यक्रम आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो ।
ट्रफीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, लिगका प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईं, भलिबल संघका महासचिव रोशन श्रेष्ठ र मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्तरूपमा सार्वजनिक गरे ।
प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगमा मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया