हेरालाे खबर
नेपाल भलिबल संघले आज टोलीको नाम सार्वजनिक गरेको हो।

टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद र अलिशा मानन्धर रहेका छन्।
त्यस्तै स्पाइकरमा कप्तान निरुता , उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार तथा सेटरमा प्रगति नाथ र जशना महतो टोलीमा परेका छन्। लक्ष्मी चन्द र आरती सुवेदी अन्तिम टोलीमा पर्ने सकेनन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट छन्।
आयोजक सेन्ट्रल एसियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स र कजाकिस्तानगरि कुल ८ राष्ट्र रहेका छन्।
च्याम्पियनसिप जेठ ८ गतेदेखि १५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ। यो प्रतियोगिता एफआइभिबी वल्ड र्याङ्किङ भएकोले सहभागी सबै राष्ट्रको लागि निकै महत्वपूर्ण रहनेछ।
प्रतिक्रिया