logo
  • ९ जेष्ठ २०८३, शनिबार | Sat, 23 May 2026
  • तमू सञ्चारकर्मी संघ काठमाडौको अध्यक्षमा नबिनबाबु गुरुङ चयन

    • heralokhabar heralokhabar
    • ९ जेष्ठ २०८३ शनिबार
    तमू सञ्चारकर्मी संघ काठमाडौको अध्यक्षमा नबिनबाबु गुरुङ चयन

    हेरालाे खबर
    काठमाडौ । तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौको अध्यक्षमा फोटोपत्रकार नबिनबाबु गुरुङ चयन भएको छ । संघको शनिबार काठमाडौमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको

     

     

    हो ।

    अधिवेशनले उपाध्यक्षमा किशोर गुरुङ, सचिवमा पिम गुरुङ र कोषाध्यक्षमा सृष्टि गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अनुप गुरुङ ( कुलदिप), पिटर गुरुङ, अपेक्षा गुरुङ, रत्ना गुरुङ र पिटर गुरुङलाई चयन गरेको छ ।

     

    तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौको अध्यक्ष मनिराज गुरुङको अध्यक्षतमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी संघका केन्द्रिय अध्यक्ष चित्र बहादुर गुरुङ (लाला) रहनु भएको थियो । अधिवेशनमा संघका केन्द्रीय महासचिव चित्र सोल्टी गुरुङ, संघका केन्द्रीय सल्लाहकार खिम घले, तमू बौद्ध सेवा समितिका अध्यक्ष क्याप्टेन नारायण बहादुर गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष बाबुराम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।



    heralokhabar heralokhabar    
  • ९ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP