logo
  • २९ आश्विन २०८२, बुधबार | Wed, 15 Oct 2025
  • फोटो महोत्सवमा सहभागिता हुन एनएफपिजेका अध्यक्षसहित तीन प्रतिनिधि चीन प्रस्थान

    • heralokhabar heralokhabar
    • २९ आश्विन २०८२ बुधबार
    फोटो महोत्सवमा सहभागिता हुन एनएफपिजेका अध्यक्षसहित तीन प्रतिनिधि चीन प्रस्थान

     

    हेरालाे खबर

    फोटो महोत्सवमा सहभागिता हुन एनएफपिजेका अध्यक्षसहित तीन प्रतिनिधि चीन प्रस्थान

    काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल(एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीनको सान्तोङ प्रान्ततर्फ प्रस्थान गरेका छन् । “अवसर चीन, ऊर्जाशील सान्तोङ” (Opportunity China, Vitality Shandong) अन्तर्राष्ट्रिय फोटो महोत्सवमा सहभागी हुन अध्यक्ष वन्तको टोलीमा समूहका केन्द्रीय सदस्य अनुप प्रधान र रामेछाप जिल्ला अध्यक्ष मिलन बिक आज बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म हुने उक्त अन्तर्राष्ट्रिय फोटो महोत्सवमा विभिन्न एशियाली मुलुकका १००भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरको अनुभव आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

    उक्त महोत्सव चीन कम्युनिष्ट पार्टी (CPC) सान्तोङ प्रान्तीय समितिको प्रचार विभाग, सान्तोङ प्रान्तीय जन सरकारको वैदेशिक मामिला कार्यालय, सान्तोङ अन्तर्राष्ट्रिय विनिमय केन्द्र, र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (FIAP) चीन कार्यालय (जिनान) को संयुक्त आयोजनामा हुन् लागेको हो ।

    यसलाई सान्तोङ रेडियो तथा टेलिभिजन स्टेशन, सान्तोङ अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानदों कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनले सहआयोजना गरेका छन्।

    महोत्सवको क्रममा सहभागीहरूलाई सान्तोङका विभिन्न क्षेत्रहरूको भ्रमण गराई त्यहाँको प्रकृति, संस्कृति र विकासका पक्षहरू क्यामेरामा कैद गर्ने अवसर प्रदान गरिनेछ।

    अध्यक्ष वन्तले यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



    heralokhabar heralokhabar    
  • २९ आश्विन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP