हेरालाे खबर
ओखलढुङ्गा घर भई हाल बैदेशिक रोजगारको लागि साईप्रस गएकी कविता खत्रीले साईप्रसमा आत्महत्या गरेकी छन् ।
परिवारको सपना बोकेर पर्देशिएकी कविताले जनावरी २३ मा आत्महत्या गरेको खुलेको छ । परिवारका अनुसार उनी घरकी जेठी छोरी हुन् । बुबा निर बहादुर खत्री, आमा गोमा खत्रीकी कोखबाट जन्मिएकी पहिलो शन्तान हुन् कविता खत्री! दुई छोरी र एक छोरा जन्मिएकी आमा गोमा खत्री र बुबा निर बहादुर खत्रीको परिवारमा यतिबेला ठुलो शोक परेको छ ।
धन कमाउने आशमा बिदेशिएकी छोरी बाकासमा आउंदाको पिडा कुनैपनि बुबाआमाले सोच्न सकिदैन तर दैवको नजर लागेपछि कस्को के नै लाग्छ र जिवनमा कत्तिबेला कहांबाट कस्ले के गर्छ भन्ने कुरा कसैलाई पत्तो हुदैन। मानव नै दानव भएपछि कस्को के नै लाग्छ र ! कविता खत्रीका बहिनी बबिता खत्री पनि १ वर्षा अगाडि मात्रै साईप्रस पुगेकी थिईन् । लामो समयपछि दिदीसगं भेट भएको र पर्देशमा नै गत वर्षको दशैं दिदीसगैं बसेर मनाईएको तस्विर सामाजिक सञ्जालमा राखेकी छिन् बबिता खत्रीले ! बबिता खत्री अहिले साईप्रसबाट नेपाल फर्कने तयारीमा रहेको बताउनुभयो । उहां भन्नुहुन्छ,म अब नेपाल जाने तयारीमा छु। मेरो जनावरी २७ को टिकट तयार भईसक्यो अब म साईप्रसमा कहिल्यै फर्किने छैन । मलाई अहिले धेरै गार्हो भईरहेको छ । हरसास दिदीको मात्रै याद आउंछ कसरी सहन सक्छु म यी पिडाहरु, बरु म नेपाल गए भने परिवारसगैं हुन्छु र आफ्नो मनलाई थाम्न सकिन्छ तर यहां म एक्लै छु, यो एक्लो अवस्थामा कसरी बस्नु यो बिरानो ठाउंमा, न त आफन्त कोहिं छ न त आफ्नो दिदी नै , यो ठाउंमा नसोचेको घटना भयो । त्यसैले अब म पनि साईप्रसमा कहिल्यै फर्कने छैन ।”यसरी उहांले आफ्नो दिदीको सम्झनामा भावबिहाल हुंदै सुनाउंनुभयो ।
कविता खत्रीलाई आत्महत्या गर्न बाध्य गराएका पुरुष प्रकाश बराईली नाम रहेको बताउंनुभयो । ती पुरुषले कविताको गोप्य फोटोभिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको पाईएको छ । उक्त गोप्य कुराहरु आफन्त,साथीभाई ईस्टमित्र सम्म पुर्याएपछि कविताले सहन नसकेर आफैं मृत्यु हुन बाध्य भएको बुझिएको छ । यत्तिबेला कविताको प्रार्थिव शरिर साईप्रसको निकोशिया सहरको “जेनेरल अस्पतालमा” रहेको परिवार जनले बताउनुभयो । कविताको मेडिकल रिपोर्ट आउंन ७२ घण्टा लाग्ने जनाईएको छ ।
मृतक कविता खत्रीले आत्महत्या गरेको थाह पाएपछि प्रकाश बराईली नामको पुरुष यत्तिबेला फरार भएको छ । बराईलीको श्रीमती समेत रहेको बुझिएको छ ।
प्रतिक्रिया